अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डेङ्गुका बिरामी बढे

डेङ्गुका बिरामी बढे


काठमाडौं – देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार १७७ पुगेको छ । तीन दिनमा ९१४ नयाँ डेङ्गु सङ्क्रमित थपिएसँगै बुधबारसम्म सङ्क्रमितको सङ्ख्या ११ हजार १७७ पुगेको हो । तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै डेङ्गुबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको हो  ।

सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३९ हजार ६२४ जना डेङ्गुका सङ्क्रमित छन । लुम्बिनी प्रदेशमा चार हजार ९१८, प्रदेश १ मा बीस हजार ८५, गण्डकी प्रदेशमा एक हजार ७२१, सुदूरपश्चिम प्रदेशमा ८९६ र कर्णाली प्रदेशमा ६७६ जना सङ्क्रमित भइसकेका छन् । 

यस्तै डेङ्गुबाट धेरै सङ्क्रमित भएका १० जिल्लामा काठमाडौँमा १३ हजार ७८७, ललितपुरमा नौ हजार पाँच ५२२, भक्तपुरमा पाँच हजार ४८९, मकवानपुरमा पाँच हजार ३४७, चितवनमा दुई ६२७, दाङमा दुई हजार ३८८, धादिङमा एक हजार ४११ र रुपन्देहीमा एक हजार १९५ सङ्क्रमित छन् ।