अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तोलामा ४ सयले बढ्यो सुनको मूल्य

तोलामा ४ सयले बढ्यो सुनको मूल्य


काठमाडौं – सुनको मूल्य शुक्रबारको तुलनामा आइतबार चार सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन र तेजाबी सुन क्रमशः ९९ हजार १ सय र ९८ हजार ६ सय रुपैयाँ प्रतितोला कारोबार भएको थियो।

आइतबार दुवै सुन समान ४ सय प्रतितोला बढेर ९९ हजार ५ सय र ९९ हजार रुपैयाँमा कारोबार भएको हो।

यता चाँदीको मूल्य १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ७० रुपैयाँ प्रतितोला कारोबार भएको महासंघले जनाएको छ।