अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकाको भ्रमण गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्की

अमेरिकाको भ्रमण गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्की


काठमाडौं-युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले बुधबार वाशिंगटनको यात्रा गर्न सक्ने जनाइएको छ । उनको भ्रमणको अझै पुष्टि भने भएको छैन । सुरक्षाका कारण उनको भ्रमण योजना परिवर्तन हुन सक्ने रोयटर्सले जनाएको छ ।

पञ्चबाउल न्युजले पनि जेलेन्स्कीको पहिलो पटक सम्भावित यात्राको रिपोर्ट गरेको छ । यदि उनले भ्रमण गरेमा फ्रेवुवरी २४ मा रुसी जेलेन्स्कीको युक्रेन बाहिरको पहिलो यात्रा हुनेछ ।

योजनाअनुसार भ्रमण भएमा जेलेन्स्कीले रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका नेता र राष्ट्रिय–सुरक्षा समितिका प्रमुखहरूलाई भेट्ने अनुमान गरिएको छ । त्यस्तै उनले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्नेछन् ।

रुसले युक्रेनमाथि हमला गरेपछि वासिंगटनले किभलाई आर्थिक तथा सैन्य सहयोग प्रदान गर्दै आएको छ । एजेन्सी

Skip This