अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक


काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।

उनले ट्वीट गरेर भनेका छन्, ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम… । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ ।’ एजेन्सी

Skip This