लिबिया – लिबियाका अधिकारीहरुले यहाँको उत्तरी तटीय सहर सिर्तेमा अज्ञात व्यक्तिका १८ वटा शव भेटिएको जनाएका छन्।सिर्ते सबा क्षेत्रमा गत हप्ता भेटिएका ती शव नजिकैको एक सरकारी अस्पतालमा लगिएको पनि ती अधिकारीले जनाएका छन्।
बेपत्ता व्यक्तिहरुको खोजी गर्ने यहाँको सरकारी निकायका एक अधिकारीले ती शव भेटिएपछि अस्पताल पुर्याइएको र उनीहरुको पहिचानका लागि प्रयोगशालामा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
उहाँले ती व्यक्ति को हुन् र के कति कारणले उनीहरुको मृत्यु भएको हो या हत्या भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भएको जनाएका छन्। गएको अक्टोबर महिनामा पनि सिर्ते क्षेत्रकै एक सरकारी विद्यालयमा गाडिएको अवस्थामा ४२ वटा शव भेटिएको यहाँको प्रहरीले जनाएको थियो।
सन् २०१६ मा सिर्ते सहरबाट विस्थापित गर्नुअघि सो सहरमा यहाँका स्लामिक स्टेट अतिवादीहरुले कब्जा जमाएका थिए। सोही समयमा कैयौँ व्यक्तिको हत्या पनि भएको थियो।
पछिल्लो समय भेटिने गरेका अज्ञात शवहरु उनीहरुले नै हत्या गरेका हुनसक्ने अनुमान यहाँको प्रहरीले गर्ने गरेको छ। रासस






प्रतिक्रिया