अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायली सेनाद्वारा प्यालेस्टिनी किशोर मारिए

इजरायली सेनाद्वारा प्यालेस्टिनी किशोर मारिए


नाब्लस, प्यालेस्टाइन क्षेत्र – इजरायली सेनाले बिहीबार वेस्ट बैंकको नाब्लस शहरमा एक प्यालेस्टिनी किशोरको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । विद्रोही र इजरायली सेनाहरुबीच सशस्त्र झडप भएको थियो ।

आज बिहानै नाब्लसमा आक्रमणको क्रममा इजरायली सैनिकहरूले हानेको गोली टाउकोमा लागेर १६ वर्षीय अबु जेटोनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको समाचारमा जनाइएको छ । 

इजरायली सेनाले यस घटनाको तुरुन्तै प्रतिक्रिया दिएको छैन् । स्थानीय प्यालेस्टिनी लडाकू समूह लायन्स डेनले नाब्लसको बालाता शरणार्थी शिविरमा रातभरको झडपमा आफ्ना लडाकाहरू संलग्न रहेको बताएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

यस वर्षको सुरुदेखि वेस्टबैंकमा इजरायली सेनाद्वारा मारिएका जेटोन चौथो प्यालेस्टिनी हुन् । गत मङ्गलबार, बेथलेहेममा १५ वर्षीय एडम एसाम शेकर अय्यादको मृत्यु भएको थियो । 

सन् २००५ मा १५० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएयता वेस्ट बैंकमा इजरायल गरेको आक्रमण्मा सन् २०२२ सबैभन्दा घातक वर्षको रुपमा रहेको डिसेम्बरमा, संयुक्त राष्ट्रसङ्घले जनाइएको छ । रासस/एएफपी

Skip This