अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेलिकप्टर दुर्घटना युद्धकै परिणाम हो-राष्ट्रपति जेलेनेस्की

हेलिकप्टर दुर्घटना युद्धकै परिणाम हो-राष्ट्रपति जेलेनेस्की


काठमाडौं । राजधानी किभमा भएको हेलिकप्टर दुर्घटना युद्धको समयमा नभएको युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेनेस्कीले बताएका छन्।

गृहमन्त्रीसहित १४ जनाको मृत्यु हुने गरी बुधबार भएको हेलिकप्टर दुर्घटनाबारे विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै जेलेनेस्कीले युद्धको समयमा कुनै दुर्घटना नभएको स्पष्ट पारेका छन्।

युक्रेनले यस घटनामा रूसको संलग्नता नरहेको समेत उनले बताएका छन्। तर जेलेन्स्कीले डाभोसमा विश्व आर्थिक मञ्चलाई यो त्रासदी युद्धकै परिणाम भएको स्मरण गराएका छन्।

राष्ट्रपति जेलेन्स्कीले घटनालाई ‘कालो बिहान’ बताउँदै मृत्यु भएका मन्त्रीहरू साँच्चिकै देशभक्त भएको बताएका छन्।

गृहमन्त्री डेनिस मोनास्टिर्स्कीसहित धेरै सहकर्मीको मृत्यु भएको भन्दै उनले आफ्नो भिडिओ सन्देशमा सहयोगीहरूलाई नयाँ रूसी आक्रमण अघि थप सहयोगको आग्रह गरेका छन्।

राजधानी किभको पूर्वी भागमा बुधबार एक हेलिकप्टर शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा गृहमन्त्रीसहित कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

मृत्यु हुनेमा जमिनमा रहेका बालबालिकासहित छन्। घटनामा परी ११ जना बालबालिकासहित २५ जना घाइते भएका छन्।

हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्स्कीसँगै अरू आठ जना सवार थिए।-एजेन्सी

Skip This