अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुजरात दंगामा दोषी ठहर भएका २२ जनाले पाए सफाई

गुजरात दंगामा दोषी ठहर भएका २२ जनाले पाए सफाई


काठमाडौं । सन् २००२ को गुजरात दंगामा दोषी ठहर भएका २२ जनाले सफाई पाएका छन्।

गुजरातको पञ्चमहल जिल्लाको एक अदालतले मंगलबार प्रमाणको अभावमा उनीहरूलाई सफाइ दिएको बिबिसीले जनाएको छ।

उनीमाथि गुजरातको गोधरापछिको साम्प्रदायिक दंगासँग सम्बन्धित मुद्दामा दुई बालबालिकासहित अल्पसंख्यक समुदायका १७ सदस्यको हत्या गरेको आरोप लागेको थियो।

वकिल गोपालसिंह सोलंकीका अनुसार न्यायाधीश हर्ष त्रिवेदीको अदालतले सबै २२ अभियुक्तहरूलाई सफाइ दिएको हो। जसमध्ये मुद्दाको सुनुवाइकै क्रममा ८ जनाको मृत्यु भइसकेको थियो।

जिल्लाको देलोल गाउँमा दुई बालबालिकासहित अल्पसंख्यक समुदायका १७ जनाको हत्या अभियोगमा अदालतले प्रमाण नपुगेको भन्दै सफाइ दिएको सोलंकीले जानकारी दिए।

सन् २००२ मा गोधरा काण्डपछि गुजरातका कयौ‌ इलाकामा साम्प्रदायिक हिंसा भड्केको थियो जसमा हजारभन्दा धेरै भारतीय निहत्था नागरिकले ज्यान गुमाएका थिए।

गोधरा स्टेशनमा साबरमती एक्सप्रेसको के एस–६ डिब्बामा आगो लाग्दा ठूलो संख्यामा मानिसले ज्यान गुमाएका थिए। डिब्बामा रहेका ५९ सर्वसाधारणहरु अयोध्यावाट तिर्थाटन गरेर फर्कदैं थिए। सरकारी तथ्यांकअनुसार यो आगलागी र त्यसपछि भड्केको हिंसामा परि १ हजार ४४ मानिसको ज्यान गएको थियो।

गुजरात दंगामा अदालतले ४५० जनालाई दोषी ठहर गरेको थियो। घटनाको झण्डै दुई वर्षपछि नयाँ मुद्दा दर्ता गरी दंगामा संलग्न भएको आरोपमा २२ जनालाई पक्राउ गरिएको थियो।

गुजरात दंगाका आरोपी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघिनै सफाइ पाइसकेका छन्। दंगाको समयमा गुजरातका मुख्यमन्त्री रहेका मोदीलाई सर्वोच्च अदालतले सफाइ दिएको थियो।-एजेन्सी

Skip This