अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली मदिरा कारखानामा प्रहरीको छापा, तीनजना पक्राउ

नक्कली मदिरा कारखानामा प्रहरीको छापा, तीनजना पक्राउ


काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको नक्कली मदिरा कारखानामा प्रहरीले छापा मारेको छ।

प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो।

उनीहरूले खुकरी रम, रुस्लान भोड्कादेखि ब्ल्याक लेबलसहित विदेशी मदिरासम्म नक्कली बनाउने गरेको पाइएको प्रहरीको भनाइ छ।सो नक्क्ली मदिरा बिक्रीका लागि बजारमा पठाउने गरिएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

विशेष सूचनाका आधारमा उपत्यका प्रहरी कार्यालयको टोलीले दोलखाको कालीञ्चोकका निरज पौडेलसहित तीनजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक जना सञ्चालक र दुई जना विक्रेता भएको प्रहरीले जनाएको छ।  

नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट विक्री हुने गरेको खुलेको प्रहरीले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।