अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हामीले देशभित्रै औषधिहरु उत्पादन गर्न सक्छौँ : राज्यमन्त्री कार्की

हामीले देशभित्रै औषधिहरु उत्पादन गर्न सक्छौँ : राज्यमन्त्री कार्की


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधि बिक्री भइरहेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताउनुभएको छ।

आज औषधि व्यवस्थापन विभागको अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो। उहाँले बजारमा आउनु भन्दाअघि विभिन्न प्रकारका औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताउनुभयो ।

उहाँले बजारमा अहिले धेरै प्रकारका विज्ञापनको आफूखुशी प्रयोग हुने र औषधि पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी रहेको कुरामा जोड दिनुभयो। उहाँले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै सम्झौता गर्नु नहुने बताउनुभयो ।

उहाँले देश भित्रै औषधिको उत्पादन हुने प्रवल सम्भावना रहेकाले त्यस सम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गर्नुभयो।

राज्यमन्त्री कार्कीले भन्नुभयो, ‘हामीले देशभित्रै औषधिहरु उत्पादन गर्नसक्छौँ, त्यससम्बन्धी पनि खोज अनुसन्धान अघि बढाउनुपर्छ । अनलाइन एप्स, मार्केटमा सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचारबाजी हुने र जथाभावी लिने काम भइरहेको छ, त्यसलाई नियमन गर्न के गर्नुपर्छ ? के गर्न सकिन्छ ? उत्पादित औषधि डिडिएमार्फत अनुमति लिएको छ कि छैन ? त्यसका लागि एउटा प्रावधान बनाउन जरुरी छ । कोभिड महामारीपछि व्यापक भइरहेको छ। अबका दिनमा अनलाइन सपिङ झनै भद्रगोल हुने अवस्था छ ।’

सामाजिक सञ्जालबाट अनलाइन सपिङ गर्ने कुरा अत्याधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन सपिङ झनै भद्रगोल हुनसक्ने भन्दै सचेत हुन जरूरी रहेको राज्यमन्त्री कार्कीले बताउनुभयो।