अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुःखमा परेका परिवारलाई ओली दम्पतीको साथ

दुःखमा परेका परिवारलाई ओली दम्पतीको साथ


झापा -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो दमकका चार परिवारको दुखमा साथ दिन पुग्नु भएको छ । अध्यक्ष ओली र पत्नी राधिका शाक्यआफन्तको निधनमा काजक्रियामा बसेका परिवारलाई समवेदना र मृतकलाई श्रद्धान्जली दिन जानु भएको प्रदेश सभा सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं उद्योग तथा व्यावशाय विभागका सदस्य विभागका सदस्य मदन अधिकारीकी आमा जानुका अधिकारी,नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य दिनेश सुवेदीकी आमा कालिन्दा सुवेदीको निधनमा शोकमा परेका परिवारलाई समवेदना दिन उहाँहरुको घरमा पुग्नु भएको हो । यसैगरी दमक २ का पार्टी सदस्य गंगा प्रसाईंकी श्रीमती जमुना प्रसाईंको निधनका कारण शोकमा बसेका परिवारलाई समवेदना र मृतक प्रसाईंलाई श्रद्धान्जली दिन अध्यक्ष ओली उहाँहरुको निवासमा पुग्नु भएको छ ।

यस्तै पार्टी सदस्य धनबहादुर बुढाथोकीको निधनमा शोकमा परेका परिवारलाई समवेदना दिन अध्यक्ष ओली उहाँको निवासमा पुग्नु भएको हो । अध्यक्ष ओलीले सबै मृतकहरुप्रति श्रद्धान्जली व्यक्त गर्नु भएको छ । काजक्रियामा बसेका समयमा आफ्नो स्वास्थ्यमा ख्याल गर्न र मृतक आफन्तले आफू,परिवार र समाजलाई गरेको योगदानको स्मरण गर्न पनि आग्रह गर्नुभएको छ ।