अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीले आज पुरस्कार वितरण गर्दै

प्रेस चौतारीले आज पुरस्कार वितरण गर्दै


काठमाडौं-नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारीको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिने भएको छ ।

२२ माघ काठमाडौंमा हुन गइरहेको स्थापना दिवसको दिन पुरस्कार वितरण गरिन लागिएको बताइएको छ।

वरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा गठन समितिले चयन गरेकालाई सोही दिन पुरस्कार वितरणको कार्यक्रम पनि राखिएको छ ।

जसअनुसार हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा बालकृष्ण चापागाईँ ( रुपन्देही) लाई दिइँदैछ भने अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा (दैलेख) वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा) लाई दिइँदैछ ।

यसैगरी, सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट (डडेलधुरा) लाई दिन लागिएको चौतारीले जनाएको छ ।