अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टर्कीमा ७.८ रेक्टर स्केलको भूकम्प

टर्कीमा ७.८ रेक्टर स्केलको भूकम्प


काठमाडौं-टर्कीको दक्षिणपूर्वी क्षेत्र गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ । 

सिरियाको सिमाना नजिक रहेको गाजियनटेपमा स्थानीय समय अनुसार बिहान ४ः१७ मा १७.९ किलोमिटर (११ माइल) गहिराइमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ।

भूकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पहरूसमेत महसुस गरिएको थियो । पहिलो भूकम्प गएको ११ मिनेटपछि ९.९ किलोमिटर गहिराइमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।

भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र यस क्षेत्रमा पनि महसुस गरिएको थियो। भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको र धेरै मानिसहरु फसेको हुनसक्ने बताइएको छ । थप विवरण आउन बाँकी छ ।-एजेन्सी