काठमाडौं – परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीहरुसँग सरकारले विकास सहायता र आर्थिक कूटनीतिमा छलफल गरेको बताउनु भएको छ।
आज संसद्को दुवै सदनको बैठकपछि संसद् भवन बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पौड्यालले नेपाल भ्रमणमा आउने गरेका विदेशी अधिकारीहरुसँग विकास सहायता र आर्थिक कूटनीतिको कुरा भएको बताउनु भएको हो ।
उहाँले दुई देशबीचका व्यापार सम्बन्धको विषयमा पनि कुरा भएको उल्लेख गर्नुभयो । मन्त्री पौड्यालले भूराजनीतिक विषयमा कुनैपनि भ्रमणमा कुरा नभएको स्पष्ट पार्नुभयो ।




प्रतिक्रिया