काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको बताउनु भएको छ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासमा बाधा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचार राज्यविरुद्धको अपराध हो, त्यसले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्याउँछ।’
भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका साधै सरोकारवाला सबै पक्षको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचार नियन्त्रणका लागि राज्यको सबैभन्दा प्रभावकारी निकाय आयोग भएकोमा कुनै सन्देश छैन । भ्रष्टाचार नियनत्रण र सुशासन प्रवद्र्धन गर्न आयोगको एकल प्रयासले मात्र सम्भव हुँदैन, त्यसैले सबै सरोकारवाला एकजृुट हुन आवश्यक छ भने यसमा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको भूमिका पनि महत्वपूर्ण हुन्छ।’
कानूनी राज्य, मानव अधिकार र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो ।




प्रतिक्रिया