अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताका आवश्यकताअनुसार विकासका काम गर्छु: मन्त्री पाण्डे

जनताका आवश्यकताअनुसार विकासका काम गर्छु: मन्त्री पाण्डे


चितवन – सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकताअनुसार विकासका काम गर्ने बताउनुभएको छ। भरतपुर महानगरपालिका–१५ स्थित आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई आज सम्बोधन  गर्दै उहाँले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने उल्लेख गर्नुभयो।

‘आफ्नो कार्यकालमा जनता र राज्यको पक्षमा काम गर्छु”, उहाँले भन्नुभयो, “कसैलाई काखा र कसैलाई पाखा नगरी समान दृष्टिले विकासका योजना अघि बढाउँछु ।’

फरक प्रसङ्गमा मन्त्री मन्त्री पाण्डेले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धी बनाउने गरी काम गर्नुपर्ने समय आएको बताउनुभयो । यसका लागि फरक सोचका साथ विद्यालयलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य गीता गुरुङ, वडाध्यक्ष श्रीकृष्ण देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद लम्साललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Skip This