अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज तीनवटा प्रदेशमा हिमपात,लुम्बिनी र गण्डकीमा हावाहुरीको सम्भावना

आज तीनवटा प्रदेशमा हिमपात,लुम्बिनी र गण्डकीमा हावाहुरीको सम्भावना


काठमाडौं -आज प्रदेश नं-१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।
भोलि र पर्सी देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
हिमपात र हुस्सुका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अुनरोध गरेको छ।