अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सञ्चार क्षेत्रको विस्तारसँगै चुनौती पनि बढ्दै गएको छ: विष्णु रिजाल

सञ्चार क्षेत्रको विस्तारसँगै चुनौती पनि बढ्दै गएको छ: विष्णु रिजाल


विरगञ्ज – नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सञ्चार क्षेत्रको विस्तारसँगै चुनौती पनि बढ्दै गएको बताउनुभएको छ।

प्रेस चौतारी नेपालले विरगञ्जमा आयोजना गरेको संगठन सुदृढीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै सञ्चार क्षेत्रलाई पार्टीसँग जोड्न सकिएन भने पार्टी संगठन अघि बढ्न नसक्ने उहाँले बताउनुभयो ।

लाखौँ मानिसलाई पार्टी संगठनसँग जोड्ने र पार्टीका सूचना पुर्‍याउने माध्यम सञ्चारमाध्यम बनेका रिजालले बताउनुभयो । पत्रकारहरू आफ्नो लेखाइबाट खारिनु पर्ने रिजालले बताउनुभयो । पेसागत सीप र क्षमतालाई स्थापित गर्न सकियो भने कुनै पार्टीको पक्ष लिनु नपर्नेमा रिजालले जोड दिनुभयो । सामाजिक समस्या उठाउँदा राजनीतिक विचार र विषय आफैँ उठ्ने उहाँले बताउनुभयो ।

नेकपा एमाले अध्यक्षा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा त्यस्ता सञ्चार माध्यमले सबैभन्दा बढी आक्रमण गरेका उहाँले बताउनुभयो । यसको विरुद्ध एमालेले निरन्तर आवाज उठाउँदै आएको रिजालले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘मिडियाका साहुजीबाट भएका आक्रमणको प्रतिवाद गर्नु सञ्चार क्षेत्र माथिको आक्रमण होइन ।’

मिडिया सञ्चालकहरूले गरेको प्रहारको प्रतिवाद गर्दा श्रमजीवी पत्रकार माथिको प्रहार नहुने उहाँले बताउनुभयो। मिडिया सञ्चालकले आफ्नो स्वार्थका लागि समाजका हरेक क्षेत्रमा आक्रमण गर्ने गरेका उहाँले बताउनुभयो ।

Skip This