काठमाडौं-परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुग्नुभएको छ ।
क्वात्रालाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको हो ।
क्वात्राले आज र भोलि नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार पौडेल र क्वात्राबीच आजै प्रतिनिधिमण्डल स्तरीय वार्ता हुने छ ।
उहाँहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया