काठमाडौं – उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गर्नुभएको छ।
हिजो साँझ त्यहाँ पुग्नुभएका उहाँले आज विहान साढे १० बजे जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिनुभएको कम्पनीका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले जानकारी दिनुभयो । जीपलाइनको अनुभव लिँदै उहाँले भन्नुभयो, ‘जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको छ ।’
करिब रू. ३ करोड लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जीपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा छ।




प्रतिक्रिया