अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईको नेतृत्वमा ‘नागरिक बचाउ महाअभियान’को प्यारीभिट्टामा कार्यक्रम सुरू  

दुर्गा प्रसाईको नेतृत्वमा ‘नागरिक बचाउ महाअभियान’को प्यारीभिट्टामा कार्यक्रम सुरू  


मेचीनगर – अभियन्ता एवं उद्यमी दुर्गा प्रसाईको नेतृत्वमा ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन कार्यक्रम काँकरभिट्टा र इटाभट्टाको बीचमा रहेको प्यारीभिट्टा बसपार्कमा सुरु भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको समेत उपस्थिति रहने प्रचार गरिएका कारण कार्यक्रमस्थलमा सर्वसाधारणको ठूलो भीड लागेको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउन महाअभियान सञ्चालन गरिएको आयोजकहरुको भनाई छ।

अपराह्न १ बजेसम्म पूर्वराजा शाह कार्यक्रमस्थलमा आइपुग्नु भएको छैन । तर उद्घोषक रमा सिंहले उहाँको सवारी हुने बताइरहनु भएको छ।

काँकरभिट्टाको मेची पुलमा कार्यक्रम गर्ने तयारी गरेको थियो। तर प्रशासनले नाकामा भीड जम्मा हुँदा अप्ठेरो हुने भनेकाले कार्यक्रम प्यारीभिट्टा बसपार्कमा सारिएको बताइएको छ।

कार्यक्रम स्थलमा भब्य मञ्च बनाइएको छ। टाढा-टाढाबाट बस र अरु सवारी साधन चढेर सहभागीहरु आउने क्रम जारी छ।

मञ्चमा अभियन्ता दुर्गा प्रसाई आसन ग्रहण गरिरहनु भएको छ भने धर्मगुरु लगायतका अतिथिहरु मञ्च अगाडिको अग्र भागमा बस्नुभएको छ । धार्मिक नेता र महाअभियानका विभिन्न नेताहरुले सहभागीहरुलाई सम्बोधन गरिरहेका छन् ।

Skip This