अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरे र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

सभामुख घिमिरे र बेलायती राजदूत पोलिटबीच भेटवार्ता


काठमाडौं – बेलायती राजदूत निकोला पोलिटले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्नुभएको छ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा राजदूत पोलिटले भेटवार्ता गर्नुभएको हो। भेटमा उहाँहरुबीच दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदान-प्रदान लगायतमा केन्द्रित थियो।

प्रतिनिधि सभाको सभामुख निर्वाचित भएपछि सभामुख घिमिरेले भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसक्नुभएको छ ।

बेलायती राजदूतसँगको भेटमा सभामुख घिमिरेले दुई देशबीच सरकार-सरकार मात्र नभई जनता-जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गर्नुभयो ।

बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो । सभामुख घिमिरेले भन्नुभयो, ‘दुई देशबीच दुई सय वर्ष पुरानो सम्बन्ध अविष्मरणीय छ । विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौँ ।’

बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा संसदीय आदान प्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

बेलायती राजदूत पोलिटले नेपाल र बेलायतीबीच दौत्य सम्बन्ध कायम भएको एक सय वर्ष पुगेको अवसरमा नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको समेत जानकारी दिनुभयो । उहाँले विधायन निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।