काठमाडौं – एनआईसी एसिया क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त हुनुभएको छ।
२०७९ फागुन ८ मा सम्पन्न संचालक समितिको १२०औं बैठकको निर्णयअनुसार सोही दिनदेखि लागू हुने गरी राठीलाई अध्यक्ष चयन गरिएको हो।
एनआईसी एशिया बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ्ग क्षेत्रमा करीब २० वर्षको अनुभव छ।
नवनियुक्त संचालक समितिका अध्यक्ष राठीले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाइ क्यापिटलले थप नयाँ उचाइ लिएको कम्पनीले जनाएको छ ।
एनआईसी एशिया क्यापिटलले आ.व. २०७९/०८० को दोस्रो त्रैमासिकसम्मा रु.५ करोड ६१ लाखभन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु.५६.१० कायम गर्न सफल भएको छ।
क्यापिटल स्थापना भएको छोटो अवधिमा नै आ.व. २०७९/०८० को दोस्रो त्रैमासिक अन्त्यसम्म एनआईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ५ वटा योजनाहरु सञ्चालन गरिरहेको छ।
क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’मा सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी)/सिस्टमेटिक विथड्रल प्लान (एसडब्लुपी) समेत सञ्चालन गरिरहेको छ।
लगानी व्यवस्थापन सेवा अन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु संचालन गरी आ.व. २०७९/०८० को पुस मसान्तसम्ममा ५८६ जना ग्राहकहरुबाट रु.१ अर्ब ५६ करोडभन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ ।
निक्षेप सदस्य सेवा अन्तर्गत पुस मसान्त, २०७९ सम्म ६ लाख ३० हजारभन्दा बढी डिम्याट खाता खोली ८४ वटा निक्षेप सदस्य कम्पनीहरु मध्ये पहिलो स्थान हासिल गर्न सफल भएको छ।
क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत २०७९ साल पुस मसान्तसम्ममा १४ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ। साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि स्वीकृति प्राप्त गरिसकेको र विशिष्टीकृत लागनी कोष अन्तर्गतको योजना निकट भविष्यमा ल्याउन लागिएको छ ।
हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोगमार्फत ग्राहकहरुमाझ पु¥याउन डिम्याट तथा मेरो शेयर खाता खोल्ने, नविकरण गर्ने, एसआईपीसहित खुलामुखी योजनाको इकाइको खरिद पुनः खरिद र लगानी व्यवस्थापन सेवा समेत अनलाइनमार्फत लिन सकिने व्यवस्था मिलाएको छ।






प्रतिक्रिया