अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मचारी सरुवामा अब भनसुन चल्दैन: मन्त्री मोदी

कर्मचारी सरुवामा अब भनसुन चल्दैन: मन्त्री मोदी


मोरङ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताउनुभएको छ।

विराटनगरमा मंगलबार नेपाल राष्ट्रिय कर्मचारी संगठन, प्रदेश नम्बर १ को दोश्रो सम्मेलनमा सम्बोधन गर्दै मन्त्री मोदीले सो कुरा बताउनुभएको हो।

भर्खरै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनी स्थानीय तहमा पठाएर भनसुन प्रवृत्ति अन्त्यको थालनी गरेको समेत उहाँले बताउनुभयो।

ट्रेड युनियनमार्फत् राजनीतिमा सक्रिय कर्मचारीहरुले पनि पहिला जनताको सेवालाई प्राथमिकता राख्न निर्देशन दिनुभयो । जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको पाइए निर्मम भएर कानूनी रुपमा कारबाहीको दायरामा ल्याउने मन्त्री मोदीले चेतावनी दिनुभयो।

प्रधानमन्त्री प्रचण्डको मुख्य प्राथमिकता मुलुकमा सुशासन कायम गर्ने भएकाले सरकारको प्राथमिकताअनुसार सेवा प्रवाह गरी सुशासन कायम गर्न उहाँले निर्देशन दिनुभयो । सो कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुसालले सो पार्टीको पदाधिकारी बैठकद्वारा पारित गरिएका निर्णयहरू र पार्टीको अभियानबारे प्रशिक्षण दिनुभएको थियो ।