अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

व्यवस्थित रुपमा संसद चलाउने छु: सभामुख घिमिरे

व्यवस्थित रुपमा संसद चलाउने छु: सभामुख घिमिरे


स्याङ्जा – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सभामुखको मर्यादामा बसेर व्यवस्थित रुपमा संसद चलाउने बताउनुभएको छ । कालिगण्डकी गाउँपालिका-७ मा कालिगण्डकी अस्पतालको शिलान्यास गर्नुहुँदै उहाँले कानूनभित्र रहेर सबै काम गर्ने बताउनुभएको हो । 

हिजो कसले के ग¥यो त्यसप्रति आफूलाई कुनै चासो नरहेको बताउँदै आफू हिजो जुन राजनीतिक दलमा रहे पनि अहिले स्वतन्त्र भएकाले तटस्थ रहेर काम गर्ने बताउनुभयो । बेरोजगारलाई रोजगार दिने गरी ऐन बनाउने बताउँदै सभामुख घिमिरेले युवा विदेशिनबाट रोक्नु पर्ने बताउनुभयो । 

कार्यक्रममा प्रदेश सभा सदस्य महेश भट्टराई, पूर्व प्रदेश सभा सदस्य मोहन रेग्मी, पालिका अध्यक्ष खिमबहादुर थापालगायतले गाउँको विकासमा सबैको समान चाँसो जानुपर्नेमा जोड दिनुभयो। 

कालिगण्डकी अस्पतालको नयाँ भवन २१ करोड ५७ लाख ६८ हजार ५०२ रुपियाँमा निर्माण हुन लागेको हो । १३ रोपनीमा बन्ने १५ शैयाको अस्पताल दुई ब्लकमा रहने छ भने दुई बल्कलाई आपसमा आरसीसी ब्रिजले जोड्ने प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले बताउनुभयो । 

‘ए’ ब्लक ४५५ र ‘बी’ बलक ७०४ वर्ग मिटरमा रहने पाण्डेले बताउनुभयो । भवन आर एण्ड सीएस विकोन जेभि काठमाडौँले गत कार्तिक १७ गते निर्माणको सम्झौता गरेको थियो । निर्माण कम्पनीले तीन तले अस्पताल दुई वर्षमा निर्माण सक्ने गरी सम्झौता गरेको हो । 

दुई वर्ष स्थापना भएको अस्पतालबाट कालिगण्डकी, गुल्मी र पर्वतका स्थानीय बासिन्दाले सेवा पाउँदै आएका छन् । 

कार्यक्रममा पालिकाको झण्डा बनाउने वडा-७ का मदन भट्टराई र छाप निर्माण गर्ने वडा-५ का रिजिता श्रेष्ठलाई ५०/५० रुपियाँ र सम्मानपत्रले सम्मान गरिएको थियो।