अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश एकमा वर्षाको सम्भावना, अन्यत्रको मौसम सफा रहने

प्रदेश एकमा वर्षाको सम्भावना, अन्यत्रको मौसम सफा रहने


काठमाडौँ-हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश एक, बागमती,  कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा  आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो प्रदेश नं १ को पहाडी भू-भागमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश एक, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्यत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।