काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालीम सञ्चालन गरेको छ ।
फागुन १ देखि ९ गतेसम्म कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि सो तालीम आयोजना गरिएको हो । काठमाडौं उपत्यका बाहिर बर्दिबास, मिर्चैया, गाईघाट, विराटनगर, धरान, इनरुवा, विराटचोक, बिर्तामोड लगायतका विभिन्न स्थानमा कम्पनीसँग आवद्ध अभिकर्ता एवं सम्पूर्ण कर्मचारीहरूको सहभागितामा सो तालीम सञ्चालन गरिएकोे थियो ।
कम्पनीको व्यवस्थापन समूह समेतको उपस्थिति रहेको थियो । कम्पनीका सबै कर्मचारीलाई दिइएको तालिम कम्पनीका कानून, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत बिदुरबहादुर भुजेलले प्रस्तुत गर्नुभएको थियो । उक्त तालीममा गैरकानूनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिुइएको थियो ।
काठमाडौं उपत्यका बाहिरका स्थानहरुमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले प्रस्तुत गर्नुभएको थियो । उहाँले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिनुभयो । साथै यस प्रकारको कार्यक्रम देशभरी क्रमशः विस्तार गरिने समेत बताउनु भयो ।






प्रतिक्रिया