अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाकिस्तानका गृहमन्त्रीले भने-प्रहरीबाट बच्न इमरान खान छिमेकीको घरमा लुके

पाकिस्तानका गृहमन्त्रीले भने-प्रहरीबाट बच्न इमरान खान छिमेकीको घरमा लुके


इस्लामाबाद-पाकिस्तानका गृहमन्त्री राना सनाउल्लाहले इमरान खान गिरफ्तारीबाट बच्न आफ्नो लाहोरको घरबाट भागेको दाबी गरेका छन् ।

सनाउल्लाहका अनुसार जब पुलिस पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुग्यो, उनी आफ्नो घरको पर्खालबाट हाम फालेर छिमेकीको घर गएका थिए ।

तोशाखाना काण्डमा खानलाई पक्राउ गर्न इस्लामाबाद प्रहरी शनिबार लाहोर पुगेको थियो। तर यो टोली उनलाई पक्राउ नगरी फर्किएको थियो । खानको कानुनी टोलीले प्रहरीलाई आश्वस्त पारेको छ कि उनी मार्च ७ मा अदालतमा उपस्थित हुनेछन्।

पाकिस्तानी टिभी च्यानल जियो टिभीसँग कुरा गर्दै आन्तरिक मन्त्री सनाउल्लाहले भने, ‘हिजो जब पुलिस इमरानलाई पक्राउ गर्न गयो, त्यहाँ धेरै नाटक भएको थियो। उनी पर्खालबाट हाम फालेर छिमेकीको घरमा लुकेर बसेको हल्ला छ । केही समयपछि इमरान अगाडि आए र लामो भाषण दिए ।’ यसैबीच, सोमबार अदालतले पनि इमरानविरुद्ध जारी गैरजमानती वारेन्ट रद्द गर्न अस्वीकार गर्‍यो। 

तोशाखानामा उपहार बेचेको आरोपमा इमरान खानविरुद्ध मुद्दा चलिरहेको छ । तोशाखाना पाकिस्तानको एक सरकारी विभाग हो जहाँ प्रधानमन्त्री, राष्ट्रपति वा अन्य वरिष्ठ अधिकारीहरूले भ्रमणको क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राखिन्छन्।- एजेन्सी 

Skip This