अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिक्किममा भारी हिमपात

सिक्किममा भारी हिमपात


काठमाडौँ-पर्वतीय राज्य सिक्किममा शनिवार बेलुका भारी हिमपातका कारण सीमावर्ती इलाका नाथुलाबाट फर्किरहेका सयभन्दा बढी वाहनमा सवार करिब ९०० पर्यटक बाटोमा नै फसेका छन् ।

उद्धार कार्यका लागि सेना उतार्नुपर्‍यो । सिक्किम प्रहरीले यसबारे जानकारी दिएको हो ।

प्रहरीका एक अधिकारीका अनुसार सेनाका जवानले केही पर्यटकलाई अबेर राती राजधानी गंगटोक ल्याए ।

अन्य भने त्यहाँ नजिकै सेनाको शिविरमा रात बिताउन बाध्य भए । उनीहरूलाई भोलिपल्ट बिहान राजधानी पुर्‍याउने बन्दोबस्त गरियो ।

सेनाको स्रोतले दिएको जानकारी अनुसार नाथुला र गंगटोकबीच १५ माइल इलाकामा ९०० पर्यटक फसेका थिए ।

यी मानिसहरू सीमावर्ती इलाका नाथुला र यहाँका चर्चित छाङ्गु पुल हरेपछि फर्किरहेका थिए । यो इलाका गंगटोकभन्दा करिब ४२ किलोमिटर टाढा छ ।

सीमा सडक सङ्गठन (बिआरओ) को समूह बाटोमा जमेको बरफ हटाउन जुटेको छ । केही पर्यटकलाई नजिकैको सेना छाउनीमा लगेर खानपिन र उपचारको प्रबन्ध मिलाइएको छ ।

भारी हिमपातका कारण सिक्किममा प्रशासनले केही दिनका लागि नाथुला र छाङ्गु पुल जानका लागि पास जारी गर्न रोक लगाइएको छ ।-एजेन्सी 

Skip This