अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 अमेरिकाको सिग्नेचर बैंक पनि बन्द

 अमेरिकाको सिग्नेचर बैंक पनि बन्द


काठमाडौँ-अमेरिकाको सिग्नेचर बैंक बन्द भएको छ ।अमेरिकामा सिलिकन भ्याली बैंक बन्द गरेको दुई दिनपछि राज्य नियामकहरूले न्यूयोर्क-आधारित सिग्नेचर बैंक पनि बन्द गराएका छन् ।

अमेरिकी नियामकहरूले आइतबार सम्भावित बैंकिङ संकट रोक्नका लागि भन्दै न्यूयोर्कस्थित सिग्नेचर बैंक बन्द गराएका हुन्।

ट्रेजरी, फेडरल रिजर्भ, र एफडीआईसीले आइतबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै बैंक बन्द भएको घोषणा गरेका हुन्।

यूएस ट्रेजरी डिपार्टमेन्ट र अन्य बैंक नियामकहरूले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सिग्नेचर बैंकका सबै निक्षेपकर्ताहरूको रकम सुरक्षित रहने भन्दै बैक भएको घोषणा गरेका हुन्। यो अमेरिकी बैंकिङ इतिहासमा तेस्रो ठूलो असफलता हो।

बैंकिङ नियामकहरूले सिग्नेचर बैंकका डिपोजिटकर्ताहरूलाई आफ्नो डिपोजिटहरूमा पूर्ण पहुँच हुने बताएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार सिलिकन भ्याली बैंकका ग्राहकहरूले सोमबारदेखिनै उनीहरूको निक्षेपहरूमा पहुँच पाउनेछन्। 

संघीय सरकारले टेक स्टार्टअप-केन्द्रित ऋणदाताको पतनबाट निक्षेपहरू कम गर्न र कुनै पनि व्यापक वित्तीय नतिजालाई रोक्नको लागि यस्तो घोषणा गरेको हो।

यसैबीच न्यूयोर्कका गभर्नर क्याथी होचुलले आइतबारको अमेरिकी सरकारको कदमले बैंकिङ प्रणालीको स्थिरतामा विश्वास बढेको बताएकी छन्।

‘यी बैंकहरूमा धेरै निक्षेपकर्ताहरू साना व्यवसायी हुन्, उनीहरूले अर्थतन्त्रलाई चलाइरहेका छन् र तिनीहरूको सफलता न्यूयोर्कको बलियो अर्थतन्त्रको लागि महत्वपूर्ण छ,’ उनले भनिन्।

सिग्नेचर बैंक क्रिप्टोकरेन्सी उद्योगमा लगानी गर्ने मुख्य बैंकमध्ये एक हो। धितोपत्र फाइलिङ अनुसार डिसेम्बर ३१ सम्म सिग्नेचर बैंकको कुल सम्पत्ति ११० दशमलव ४ बिलियन र कुल डिपोजिट ८८ दशमलव ६ बिलियन थियो।

सिग्नेचर बैंक न्यूयोर्क, कनेक्टिकट, क्यालिफोर्निया र नर्थ क्यारोलिना भरमा ३८ वटा निजी ग्राहक कार्यालयहरू भएको न्यूयोर्कमा आधारित वाणिज्य बैंक हो। यो बैंक सन् २००१ मा खोलिएको थियो।

योसँगै अमेरिकामा पछिल्लो एक सातामा तीन वटा बैंक बन्द भएका छन्। शुक्रबार सिलिकन भ्याली बैंक बन्द हुनु अगाडि मार्च ९ मा सिल्भरगेट बैंक बन्द भएको थियो।

आइतबार सिग्नेचर बैंक बन्द हुनु इतिहासकै तेस्रो ठूलो बैंकिङ असफलता हो। यसअघि आइतबार २०९ बिलियनको सम्पत्ति भएको सिलिकन भ्याली बैंक र सन् २००८ मा ३०७ बिलियन सम्पत्ति भएको वासिंटन म्युचुअल बैंक बन्द भएका थिए। 

अमेरिकामा बैंक असफल भए पनि रकम डिपोजिट गर्नेहरुको २ लाख ५० हजार डलरसम्मको रकम सुरक्षित हुनेगर्छ।-एजेन्सी

Skip This