अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्यालिफोर्नियामा डुंगा दुर्घटना हुँदा आठजनाको मृत्यु

क्यालिफोर्नियामा डुंगा दुर्घटना हुँदा आठजनाको मृत्यु


काठमाडौं-अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागोमा दुईवटा डुंगा पल्टिँदा आठजनाको मृत्यु भएको छ । दुईवटामध्ये एउटा डुंगामा सवार यात्रु मात्रै भेटिएका छन् । 

अर्को डुंगामा पनि आठदेखि दशजनासम्म रहेको अनुमान गरिएको बीबीसीले जनाएको छ । खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ ।

स्यान डियागोका लाइफगार्ड प्रमुख जेम्स गार्टल्यान्डले दुर्घटनालाई क्यालिफोर्नियाकै खराब समुद्री तस्करी भएको बताएका छन् । दुर्घटना के कारण भयो स्पष्ट हुन सकेको छैन ।-एजेन्सी 

Skip This