काठमाडौँ-उत्तर कोरियाबाट प्रहार गरिएको अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलका कारण जापानले होक्काइडोका नागरिकलाई कतै लुक्न चेतावनी जारी गरेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार जापान सरकारले होक्काइडोका नागरिकहरूलाई तुरुन्तै आफ्नो घर छाड्न र सुरक्षित स्थानमा जान चेतावनी दिनुपर्यो ।
यस चेतावनी सन्देशमा होक्काइडोका बासिन्दाहरूलाई सुरक्षित भवन वा भूमिगत आश्रयमा बस्न भनिएको छ ।
तर पछि जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाको त्यो मिसाइल ‘जापानको क्षेत्रमा नखसेको’ बताए ।
एएफपीका अनुसार जापानका रक्षामन्त्रीले यो अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल भएको बताए ।
उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेपछि दक्षिण कोरियाले पनि विज्ञप्ति जारी गरेको छ ।
एएफपीका अनुसार उत्तर कोरियाले नयाँ ठोस इन्धनबाट चल्ने ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हुनसक्ने दक्षिण कोरियाले बताएको छ ।
यसबारे उत्तर कोरियाबाट हालसम्म कुनै वक्तव्य आएको छैन ।-एजेन्सी






प्रतिक्रिया