अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आमा 

आमा 


दुनियाँको सुन्दर सृष्टी मानव चोला भए
सबैभन्दा कुशल शिल्पी तिमी नै हौ आमा
संसारमा वीर, ज्ञानी महात्मा छन् जति
ती सबैका प्रथम गुरु अरु होइनन् आमा

गर्भावस्था, प्रसूति र लालनपालन भन्दा
अर्को ठूलो संघर्ष कुन छ यो समाजमा?
इतिहासले गाइरहोस् अरु वीरका गाथा
सबैभन्दा बलिदानी, त्यागी योद्धा आमा

कथा हजार लेख्छन् यहाँ स्त्री पुरुष प्रेमका
हजार तारा ती सब भए तिम्रो प्रेम चन्द्रमा
ममता र ज्ञान अनि अनुभवकी खानी
चाउरी दागसंगै हाँस्दा चम्किन्छ्यौ नि आमा

        पुण्य सुवेदी