अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकामा गोली हानी पाँचजनाको हत्या, बन्दुकधारी फरार

अमेरिकामा गोली हानी पाँचजनाको हत्या, बन्दुकधारी फरार


काठमाडौँ-अमेरिकाको टेक्सासस्थित होन्डुरसमा बालकसहित पाँचजनाको गोली हानी हत्या गरेको छ । ह्युस्टनको उत्तरमा रहेको सान ज्याकिन्टो काउन्टीको क्लिभल्याण्डको सानो सहरमा शुक्रबार राति गोली हानेर हत्या गरिएको हो । 

सान ज्याकिन्टो काउन्टीका शेरिफ ग्रेग क्यापर्सले शुक्रबार राति ११ः३० बजेतिर ‘आक्रमण’ बारे फोन आएपछि अधिकारीहरू निवासमा जाँदा डरलाग्दो दृश्य देखेको बताएका छन् ।

क्यापर्सका अनुसार मारिनेहरूमध्ये दुई जना महिला पनि थिए जो दुई जीवित बच्चाहरूको टाउकोमा सुतिरहेका थिए ।

आठदेखि ४० वर्ष उमेर समूहका ती पीडित परिवार घरको अगाडिको ढोकादेखि भित्री शयनकक्षसम्म मृत भेटिएका थिए । घरभित्र नरसंहारमा बाँचेका दुईजना बालबालिकालाई दुई महिलाले शरीरले छेकेर बचाएको तर महिलाहरू सुतेको अवस्थामा मृत फेला परेका थिए ।

क्यापर्सले एबीसीको ह्युस्टन स्टेसन केटीआरकेसँग भने, “मेरो विचारमा, उनीहरू वास्तवमा बच्चाहरूको हेरचाह गर्न र उनीहरूलाई जीवित राख्न प्रयास गरिरहेका थिए ।”

बच्चालाई सुताउने प्रयास गरिरहेका बेला आक्रमणकारीले गोली चलाएपछि उक्त परिवारका सदस्यले आक्रमण रोक्न आग्रह गरेका थिए ।

“सबै पीडितलाई खासगरी टाउकोलाई बढी लक्षित गरी घाँटीदेखि खुट्टासम्म गोली हानिएको थियो,” उनले भने ।

“आक्रमणकारीले रक्सी पिइरहेका थिए र पीडित परिवारको अनुरोधपछि ‘म मेरो अगाडिको आँगनमा जे गर्न चाहन्छु त्यही गर्नसक्छु’ भनेको एक प्रत्यक्षदर्शीलाई उद्धृत गरी केटीआरकेसँग क्यापर्सले भने ।   

क्यापर्सले पत्रकारहरूसँग भने, आक्रमणको समय उक्त घरमा १० जना रहेका थिए ।” उनीहरू होन्डुरसबाट टेक्सासमा आई बसोबास गर्दै आएका थिए ।

मेक्सिकन रहेको अनुमान गरिएको संदिग्धको नाम ३८ वर्षीय फ्रान्सिस्को ओरोपेज रहेको छ । उनी अझै फरार छन् र हतियारधारी रहेको अनुमान गरिएको छ । उनीमाथि हत्याको पाँचवटा मुद्दा लगाइएको छ ।

अनुसन्धानकर्ताहरूले हतिहारधारीले आफ्नो एआर–१५ शैलीको बन्दुकबाट नजिकैको आँगनमा गोली चलाएको पहरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ । हतियारधारीको खोजी गरिरहेको स्थानीय अधिकारीले बताएका छन् ।

प्रहरीले शंकास्पद व्यक्तिको खोजीमा कुकुर र ड्रोन प्रयोग गरिरहेको छ, जो नजिकैको जंगलमा लुकेको विश्वास गरिन्छ ।-बीबीसी 

Skip This