अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिम्रिक एयर हेलिकप्टर दुर्घटना: पाइलटसहित घाइतेलाई काठमाडौं ल्याइँदै

सिम्रिक एयर हेलिकप्टर दुर्घटना: पाइलटसहित घाइतेलाई काठमाडौं ल्याइँदै


काठमाडौँ – संखुवासभाको भोटखोलामा भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइँदै छ। शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४, हम्मरेडाँडामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा पाइलटसहित ५ जना घाइते भएका छन् । 

दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन पौडेलसहित, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् ।

सिम्रिक एयरका प्रमुख बजार अधिकृत योगेश सापकोटाका अनुसार दुर्घटनामा घाइते भएका सिम्रिकका क्याप्टेन तथा चिफ पाइलट सुरेन्द्र पौडेलसहित घाइतेहरूलाई काठमाडौं ल्याइँदैछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार घाइतेलाई अहिले दुर्घटनास्थलबाट सेना र सिम्रिककै हेलिकप्टरबाट खाँदबारी विमानस्थलमा पुर्‍याइएको  । घाइतेको अवस्था हेरेर अब थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको उहाँले बताउनु भयो ।