अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलिदेखि बजेट अधिवेशन

भोलिदेखि बजेट अधिवेशन


काठमाडौँ – सङ्घीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै छ। दुवै सदनको बैठक भोलि बस्दै छ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन् । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनु भयो ।  

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०-८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ।