काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताउनु भएको छ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानबारे छलफल गर्न अध्यक्ष ओली सिंहदरबार पुग्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डसँग भेटपछि सञ्चारकर्मीहरूको प्रश्नमा पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझीको अवस्थाबारे आफू अनभिज्ञ रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस् ।’ अपराधीलाई जोगाउन लाग्नु भएको हो भन्ने प्रश्नमा ओलीले केहीले यस्तो गलत हल्ला चलाएको स्पष्टीकरण दिनुभयो।




प्रतिक्रिया