अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एकको मृत्यु

झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एकको मृत्यु


म्याग्दी – अन्नपूर्ण गाउँपालिका-३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको मृत्यु भएको छ।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो।

बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना अवलोकन गर्ने क्रममा भण्डारी टेकेको ढुङ्गाबाट चिप्लिएर खस्नुभएको थियो।

Skip This