अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोमबारका लागि बोलाइयो संवैधानिक परिषद्को बैठक

सोमबारका लागि बोलाइयो संवैधानिक परिषद्को बैठक


काठमाडौं – संवैधानिक परिषद्को बैठक बोलाइएको छ। सोमबार अपराह्न पाँच बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको हो।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बैठकबारे छलफल गरेपछि संवैधानिक परिषद् बैठकको मिति तय भएको हो। सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तको सिफारिस हुनसक्ने सम्भावना छ।

संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेता पदेन सदस्य रहने व्यवस्था छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशको रोलक्रममा छन्। संवैधानिक परिषद्को सिफारिसलाई संसदको सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाटप्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।