अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु

प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु


काठमाडौँ – प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। 

आज अपराह्न ४ बजेबाट प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु हुनुअघि कार्य व्यवस्था समितिको बैठक बसेको हो। 

बैठकमा सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन सम्बन्धमा छलफल हुने एजेन्डा रहेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेस गर्ने सम्बन्धमा, आ.व.२०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल सम्बन्धमा, सांसदहरू बस्ने क्रम निर्धारण सम्बन्धमा, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी नियमावलीको व्यवस्था र सभाका सदस्यहरूको उपस्थिति वेवसाइटमार्फत् सार्वजनिक गर्ने र ई–हाजिरी सम्बन्धमा छलफल गर्ने एजेडा छन् ।