अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शरणार्थी प्रकरणमा मुछिएका कांग्रेसका नेतामाथि कारबाही हुनुपर्छ: महेश बस्नेत

शरणार्थी प्रकरणमा मुछिएका कांग्रेसका नेतामाथि कारबाही हुनुपर्छ: महेश बस्नेत


काठमाडौँ  नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेतामाथि पनि कारबाही हुनुपर्ने बताउनुभएको छ। 

आज पोखरामा प्रेस चौतारी नेपालको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री बस्नेतले कांग्रेस नेताहरु आरजु राणा, मञ्जु खाणलगायतलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो।

 ‘मुख्य दोषी पूर्वगृहमन्त्री बालकृष्ण खाणदेखि पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नि आरजु राणा समेतलाई छानबिनको दायरामा ल्याउनुपर्छ भन्ने हो’, बस्नेतले भन्नुभयो, ‘हिजो हामीले आरजू देउवालाई साढे २ करोड र बालकृष्ण खाण र मन्जु खाणलाई ६ करोड दिएको अडिओ हामीले सार्वजनिक गर्‍यौँ। यस्ता धेरै विषयवस्तु हामी खोजेको क्रममा छौँ।’

उहाँले टोपबहादुर रायमाझीलाई छानबिनको दायरमा ल्याउँदै गर्दा पूर्व गृहमन्त्री खाणमाथि पनि छानबिन गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘टोपबहादुर रायमाझीको सवाल जेछ उहाँ कानूनी प्रक्रियाबाट बाहिर जानुहुन्न ।’

रायमाझीले यो प्रकरणमा राज्यलाई सहजीकरण गर्ने काममा भूमिका खेल्ने भन्दै बस्नेतले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भनेर एमालेले भन्दै आएको बताउनुभयो।  

उहाँले नक्कली भुटानीलाई अमेरिका पठाउने फाइल खोलिएकामा सरकारलाई धन्यवाद पनि दिनुभयो ।