काठमाडौं – सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समितिमा रहने सांसदको नाम तीन दिनभित्र बुझाउन आग्रह गर्नुभएको छ।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकमा उहाँले राजनीतिक दलहरुका सचेतक र शीर्ष नेताहरूलाई तीन दिनभित्र समितिहरूमा रहने सदस्यहरूको नाम बुझाउन आग्रह गर्नुभएको हो।
उहाँले दुवै समितिका संयोजकहरुको टुंगो पनि तीन दिनभित्र गर्नुपर्ने बताउनु भयो ।
‘संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्छ,’ बैठकमा सभामुख घिमिरेले राखेको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘समितिको नेतृत्व पनि यही बीचमा टुंग्याऊँ।’
दुवै समितिमा १५/१५ सदस्य हुन्छन्। जसमध्ये १२ जना प्रतिनिधि सभा र ३ जना राष्ट्रिय सभाबाट हुने सहभागी गराउनु पर्ने व्यवस्था रहेको छ।




प्रतिक्रिया