अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न सक्दैन: गभर्नर अधिकारी

राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न सक्दैन: गभर्नर अधिकारी


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताउनु भएको छ ।

आज काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्र्दै गभर्नर अधिकारीले राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेको भन्दै क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताउनु भएको हो ।

उहाँले अन्य क्षेत्रबाट कुनै सहारा नपाएकाले राष्ट्र बैंकसँग सरकार र निजी क्षेत्रको समेत धेरै अपेक्षा गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बारम्बार राष्ट्र बैंकको नीतिका विषयमा प्रश्नहरु आउने गर्छन्। राष्ट्र बैंकले लिने नीतिहरु धेरै गहन छलफलका आधारमा लिने नीतिहरु हुन् । राष्ट्र बैंकले कयौं स्टेक होल्डलरहरुसँग छलफल गरिरहेका हुन्छौं। छलफल गर्नुहुन्छ निर्णय आफैँ गर्नुहुन्छ भन्ने आरोप लाग्ने गरेको छ।’ 

उहाँले मौद्रिक नीतिका आफ्नै सीमा रहेको भन्दै राष्ट्र बैंक सीमा भन्दा बाहिर गएर मौद्रिक नीतिले केही गर्नसक्ने अवस्था नभएको पनि बताउनु भयो ।

मौद्रिक नीतिका सम्बन्धमा वित्तीय प्रणालीका हीतमा आएका सबै सुझाव अनुसार नीतिगत निर्णय गर्ने पनि उहाँले बताउनु भयो। 

गभर्नर अधिकारीले आफ्ना स्वार्थका विषय सम्बोधन नहुँदैमा राष्ट्र बैंकले कसैको कुरा सुनेन भन्न नमिल्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘हामी त्यसलाई पातमा राखेर तलाउको किनारमा लैजान सक्यौं। तपाईहरुले त्यो पनि सोच्नुपर्छ त्यो पातमा बढी भन्दा बढी कमिला बस्यो भने त्यो तलाउको किनारसम्म पुग्न सकिँदैन। त्यो त्यहीँ डुब्न सक्छ। राष्ट्र बैंकले कति भार सहने मौद्रिक नीतिका आफ्ना सीमाहरु छन्। त्यो सीमासम्म राष्ट्र बैंकले पायौं भने सहन सक्छ। होइन भने त्यो सम्भव छैन।’ 

Skip This