अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा आजदेखि प्रि–बजेटमाथि छलफल

संसदमा आजदेखि प्रि–बजेटमाथि छलफल


काठमाडौँ-संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट)माथि छलफल हुने भएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजो प्रस्तुत गरेको बजेटका सिद्धान्त तथा प्राथमिकतामा छलफल हुन लागेको हो ।

संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल हुनेछ । २७ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको सचिवालयले छ ।

प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ ।