अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई खिमलाल भट्टराईको प्रश्न: आफैंमाथि फिलिङ्गो आउँदा के गर्नुहुन्छ ?

प्रधानमन्त्रीलाई खिमलाल भट्टराईको प्रश्न: आफैंमाथि फिलिङ्गो आउँदा के गर्नुहुन्छ ?


काठमाडौं – नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चर्का कुरा नगर्न आग्रह गर्नुभएको छ। 

सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले प्रधानमन्त्रीलाई चर्का कुरा गरेर वातावरण उत्तेजित बनाउने भन्दा पनि साना-साना काम गरेर देखाउन आग्रह गर्नुभएको छ। उहाँले लेख्नु भएको छ, ‘वातावरणलाई उत्तेजित बनाउन भन्दा सानो काम गरेर देखाउँदा जनताले देख्छन् बुझ्छन्, काम पनि हुन्छ।’

प्रधानमन्त्रीले ट्रेलर र फिल्मको कुरा गरेर अनावश्यक फण्डा गरेको उहाँको धारणा छ । उहाँ लेख्नुहुन्छ, ‘प्रधानमन्त्रीज्यूले ट्रेलर र फिल्मका कुराभन्दा कोसिस गर्दैछाैँ, सबैतिरबाट साथ सहयोग पाऊँ भनेको भए कति राम्रो हुन्थ्यो।’ 

भ्रष्टाचार नियन्त्रणको लागि काम गर्न प्रधानमन्त्रीलाई कसैले नरोक्ने उहाँले प्रष्ट पार्नुभएको छ। ‘भ्रष्टाचारको विरुद्ध कदम चाल्दा अरू कसैले बाटो छेक्दैन, आफैमाथि फिलिङ्गो आउँदा के गर्छौ भन्ने हो’, उहाँले लेख्नुभएको छ।