अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१२ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

१२ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


काठमाडौं – प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ।

सरुवा हुने एसएसपीहरुमा राजन अधिकारी, भोलाबहादुर राबल, मधुसुदन लुईटेल, माधवप्रसाद श्रेष्ठ, मनोज कुमार यादव, डम्बर बहादुर बिक, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), किसनसिंह थापा, रेवती ढकाल, दिपककुमार बस्नेत र दिल्लीराज पन्त छन्।

अख्तियारका अधिकारीलाई कोशी प्रहरी तालिम केन्द्र विराटनगर, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका राबललाई नेपाल प्रहरी युक्ती तालिम महाविद्यालय जर्गाहा, जर्गाहाका लुईटेललाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेशका श्रेष्ठलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मधेश प्रदेशका मनोजकुमार यादवलाई प्रदेश प्रहरी कार्यालय सुनसरीमा सरुवा गरिएको छ।

त्यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत विकलाई विपद् व्यवस्थापन  कार्यालय, कर्णाली प्रदेश प्रहरी कार्यालयका जिसीलाई अपराध अनुसन्धान विद्यालय महाराजगंज, अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा कार्यरत थापालाई नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रे, लुम्बिनी प्रदेश प्रहरी कार्यालय थपलियालाई लागुऔषध नियन्त्रण ब्यूरो, प्रदेश प्रहरी कार्यालय भैरहवाका ढकाललाई प्रशासन विभाग, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका बस्नेतलाई प्रदेश प्रहरी कार्यालय भैरहवा र मधेश प्रदेश प्रहरी कार्यालयका पन्तलाई अन्त्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा सरुवा गरिएको छ।

को कहाँ ?