काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्ररकणमा राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सबै दोषीलाई कारबाही गर्न माग गरिएको छ। सो प्रकरणमा नयाँ नयाँ पात्र मुछिन थालेकाले आवश्यक अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरिएको महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।






प्रतिक्रिया