धादिङ – धुनिबेँसी नगरपालिका-९ गणेशस्थानमा आज दिउँसो एक्कासी गुडिरहेका बसमा आगलागी भएको छ।
धादिङको खाल्टेबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ४८४७ नम्बरको बस धुनिबेँसी नगरपालिका ९, कानाकोटमा आइपुग्दा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘तर बसमा सवार सबै ३३ यात्रु सकुशल छन्।’
बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको ।
आगलागीबाट बसका सिट भने जलेर नष्ट भएका छन्।




प्रतिक्रिया