काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले भ्रष्टाचार विरोधी अभियान जसले सुरु गरे पनि आफूहरूको साथ दिने बताउनु भएकाे छ ।
भ्रष्टाचारविरुद्ध धर्ना दिन काठमाडौंको नक्सालस्थित नारायणचौरमा पुग्नभएका लामिछानेले शनिबार पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताउनु भएको हो ।
‘अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई लजिकल इन्ड(निष्कर्ष) मा पुर्याएर फेरि अर्को फाइल सरकारले खोलोस्’, लामिछानेले भन्नुभयो, ‘हामी सरकारमा नगए पनि सधैं साथ दिन तयार छौं।’
उहाँले आफूहरू रचनात्मक प्रतिपक्षमा बसेको भन्दै एजेन्डाका आधारमा मात्रै सरकारको विरोध र समर्थन हुने बताउनु भयो।




प्रतिक्रिया