अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हाइटेन्सन लाइनमा चढेका युवक निर्माणाधिन पर्खाल रोक्ने प्रतिवद्धतापछि ओर्लिए

हाइटेन्सन लाइनमा चढेका युवक निर्माणाधिन पर्खाल रोक्ने प्रतिवद्धतापछि ओर्लिए


काठमाडौं – सडक निर्माणाधिन पर्खाल रोक्ने प्रतिवद्धतापछि मोरङको बुढीगंगामा बिजुलीको हाइटेन्सन लाइनको खम्बामा चढेका दिनेश माझी ११ घण्टापछी ओर्लीनुभएको छ ।
सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राखेका बुढीगंगा गाउँपालिका– ७ डंग्राहाका ४० वर्षीय माझी शनिबार विहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढ्नु भएको थियो ।
गाउापालिका अध्यक्ष जितनारायण थापा मगरले पोलमा चढेको ठाउँमा पुगेर उनको माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि माझी खम्बाबाट तल झरेका डीएसपी दाहालले जानकारी दिनुभयो ।
उहाा अपरान्ह साढे ४ बजे ओर्लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । खम्बामा चढेका व्यक्तिले गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार आएर काम रोक्ने प्रतिवद्धता जनाउनुपर्ने माग गरेका थिए ।